९ पुस २०८२, बुधबार

अर्घाखाँचीमा कांग्रेस पहिलो,एमाले दोस्रो

प्रकाशित मिति :  15 May, 2022 11:31 am


अनिल नेपाली

अर्घाखाँची । नेपाली कांग्रेसले ८ वटा वडामा विजयी हुँदै हालसम्म पहिलो स्थानमा रहेको छ ।

नेकपा एमालेले ६ वटामा विजयी भएको छ । नेकपा माओवादीले २ स्थानमा विजयी हुदै तेस्रोमा रहेको छ । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वडा नं. २ मा प्यानल सहित विजयी भएको छ ।

नेपाली काँग्रेसबाट सन्धिखर्क नगरपालिकाको वडा नं.१ मा माधव श्रेष्ठ, भूमिकास्थान नगरपालिका १ मा गोपाल खनाल,पाणिनी गाउँपालिका वडा नं. १ मा कमल पोखरेल, पाणिनी गाउँपालिका वडा नं. २ मा चन्द्रकान्त पौडेल, छत्रदेव गाउँपालिका वडा नं. ५ बालकृष्ण पोखरेल विजयी भएका छन् ।

त्यस्तै शीतगंगा नगरपालिका वडा नं.१ मा मानबहादुर सिंजापति, सितगंगा नगरपालिका वडा नं. १४ मा दामोदर न्यौपाने, सन्धिखर्क नगरपालिका वडा नं. १२ मा नारायण खड्का विजयी भएका छन् । दोस्रो स्थानमा रहेको एमालेबाट मालारानी गाउँपालिका वडा नं. १ मा दधिराम आचार्य, पाणिनी गाउँपालिका वडा नम्बर ८ मा रोमबहादुर पाण्डे, भूमिकास्थान नगरपालिका वडा नं १० मा खगेश्वर पन्थी, छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा भिमलाल खनाल, पाणिनी गाउँपालिका वडा नं. ७ मा गुनाखर अधिकारी, शीतगंगा नगरपालिका वडा नं १३ मा दुर्गा विसी विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रले मालारानी गाउँपालीका ९ मा महेन्द्र खनाल, मालारानी गाउँपालिका २ मा योगेन्द्र भुसाल विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाका नेता बृद्विराम थापा भूमिकास्थान नगरपालिका वडा न २ मा विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !