१६ फाल्गुन २०८२, शनिबार

एमाले केन्द्रीय सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्य मै पराजित

प्रकाशित मिति :  15 May, 2022 12:28 pm


स्याङ्जा । वालिङ नगरपालिका १ को वडा सदस्यमा उम्मेदवार दिएका एमाले सचिव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् ।

पौडेल वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित पौडेललाई नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्यालले पराजित गरेका हुन् ।

पौडेलले जिल्ला समन्वय समितिको अध्यक्षमा उम्मेदवारी दिने गरि सदस्यमा उम्मेदवार दिएका थिए । पराजित भएपछि पौडेलले भनेका छन्,“पराजित भएपछि पौडेलले भनेका छन्,चुनावमा गए पछि हार जित भै हाल्छ। जितेको अवस्थामा जनताकै काम गर्ने हो,हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं। निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यबाद ! ”

त्यसैगरि वडाको वडा अध्यक्षमा नेपाली काँग्रेसका पदम राज गुरुङ विजयी भएका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका गुरुङले ८४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरमान गुरुङले ६०३ मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !