१३ बैशाख २०८१, बिहिबार

रोल्पामा अहिलेसम्म माओवादी केन्द्र २०, काँग्रेस ५, एमाले ४ र १ वडामा स्वतन्त्र विजयी

प्रकाशित मिति :  15 May, 2022 1:44 pm


उमा केसी(
रोल्पा । रोल्पाका १० पालिकाका ३० वडाको अन्तिम मत परिणाम घोषणा भएको छ ।

अन्तिम मत परिणाम घोषणा भएका वडा मध्ये २० वडामा नेकपा माओवादी केन्द्र, ५ नेपाली काँग्रेस,४ वटा वडामा नेकपा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । रोल्पामा १० पालिकाका ७२ वडा रहेका छन् ।

नेकपा माओवादी केन्द्र विजयी भएका वडा

नेकपा माओवादी केन्द्र विजयी भएका वडामा मध्ये रोल्पा नगरपालिका वडा नं. १ मा खुमवहादुर थापा विजयी भएका छन । रोल्पा नगरपालिकाको वडा नं. २ मा प्रकाश डाँगी, वडा नं. ४ मा मित्रलाल गुरुङ र वडा नं. ५ मा टोपवहादुर नेपाली विजयी भएका छन । वडा नंं ६ वाट तुलवहादुर घर्तीमगर विजयी भएका छन् ।

सुनिलस्मृति गाउँपालिका वडा नं. १ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गावहादुर विष्ट विजयी भएका छन् । लुंग्री गाउँपालिका वडा नं. ७मा हिरावहादुर पुन र वडा नं. ६ मा जोखबहादुर वुढाथोकी विजयी भएका छन् । वडा नंं ५ मा रिकवहादुर रोका विजयी भएका छन् ।

थबाङ गाउँपालिका वडा नंं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर विजयी भएका छन् । वडा नंं २ मा अविलाशा रोकामगर विजयी भएका छन् ।

परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् ।
त्रिवेणी गाउँपालिका वडा नं. १ मा देउराम घर्तीमगर विजयी भएका छन । रुन्टीगढी गाउँपालिका वडा नंं २ मा भिउलाल पुन विजयी भएका छन् ।

माडी गाउँपालिका वडा नंं १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललीत घर्तीमगर विजयी भएका छन् ।
सुनछहरी गाउँपालिका वडा नं. १ मा धर्मेन्द्र रोकामगर विजयी भएका छन् । वडा नं. २ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन ।

नेपाली काँग्रेस विजयी भएका वडा

नेपाली काँग्रेसबाट गंगादेव गाउँपालिका वडा नं. १,२ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा अमृतवहादुर वली , वडा नं. २ मा अमरवहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् । रोल्पा नगरपालिका वडा नं. ३ मा राजकुमार पुरी विजयी भएका छन् । रुन्टीगढी गाउँपालिका वडा नं. १ मा थमवहादुर घर्तीमगर विजयी भएका छन् ।

नेकपा एमाले विजयी भएका वडा

नेकपा एमालेवाट थबाङ गाउँपालिका वडा नंं ४ हिकमत घर्तीमगर विजयी भएका छन् । यसैगरि त्रिवेणी गाउँपालिका वडा नंं २ कविराज बुढामगर र गंगादेव गाउँपालिका वडा नंं ६ बाट वीरवहादुर वली विजयी भएका छन् । रुन्टीगढी गाउँपालिका वडा नंं ३ गणेश गिरी विजयी भएका छन् ।

स्वतन्त्र विजयी भएका वडा

रोल्पाको सुनिलस्मृती गाउँपालिकावाट स्वतन्त्र उम्मेदवार नेत्रवहादुर गिरी विजयी भएका छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी दिई विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !