९ पुस २०८२, बुधबार

रोल्पाको थबाङ गाउँपालिकामा माओवादी केन्द्र विजयी

प्रकाशित मिति :  15 May, 2022 3:11 pm


उमा केसी –

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका नेकपा माओवादी केन्द्र विजय भएको छ ।

निकटतम प्रतिद्धन्दी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव वुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउदा रोकाको पक्षमा १५०६ मत आएको थियो ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्मिला वुढामगर २१२२ मत ल्याइ विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्धन्दी काँग्रेस एमाले स्वतन्त्र गठवन्धनका उमेदवार रायवहादुर पुनले १४६८मत पाएका थिए ।

थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस–एमाले–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए । सो गाउँपालिकाको वडा नंं १,२,३ र ५ मा नेकपा माओवादीले जितेको छ ।

वडा नंं १ मा हिराप्रसाद वुढामगर, वडा नं. २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक वुढामगर र वडा नंं ५ मा गोवद्र्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !