विवादका कारण भरतपुर महानगरपालिकाको मतगणना रोकियो
प्रकाशित मिति : 15 May, 2022 3:37 pm
काठमाडौं । विवादका कारण चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । सदर र बदर मतका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। स्वस्तिक छापको मसी लत्पतिएको मतपत्र सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएको जनाइएको छ।
भरतपुर महानगरपालिका–२ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका एक नेताले बताए । ।
उनले पहिला यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने भनेपछि मतगणना स्थगित भएको हो ।








