स्याङ्जाको हरिनास गाउँपालिकामा नेकपा एमाले विजयी
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिम नारायण मानन्धर विजयी भएका छन् । मानन्धरका प्रतिद्वन्द्वी गठबन्धन तर्फको उम्मेदवार टोपा भुजेललाई ३८ मतले पछि पार्दै पालिका अध्यक्षमा चुनिएका हुन् ।
मानन्धरले ४ हजार ७६९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका टोप बहादुर भुजेलले ४ हजार ७३२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी गाउँपालिकाकाको उपाध्यक्षमा एमालेकै ईन्द्र कुमारी राना थापा विजयी भएकी छिन् । उनले गठबन्धनकी मिठु लम्साललाई २४ मतले पछाडि पार्दै उपाध्यक्षमा विजयी गरेकी हुन् ।
एमालेकी ईन्द्र कुमारी राना थापाले ४ हजार ७४० मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिद्धन्दी मिठु लम्सालले ४ हजार ७१६ मत प्राप्त गरेकी छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि खिम नारायण मानन्धर गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।








