प्यूठानमा राष्ट्रिय जनमोर्चा ४ वटा वडामा विजयी
प्रकाशित मिति : 15 May, 2022 5:54 pm
प्यूठान । प्यूठानमा राष्ट्रिय जनमोर्चा ४ वटा वडामा विजयी भएको छ ।
अहिलेसम्मको मत परिणाम अनुसार स्वर्गद्वारी नगरपालिमा वडा नं २ मा बुद्धिराम पुन प्यानलसहित विजयी भएका छन् ।
यस्तै प्यूठान नगपालिका वडा नं ५ मा नन्दराम पुन, मल्लरानी गाउँपालिका वडा नं २ को अध्यक्षमा लेख बहादुर थापा विजयी भएका छन् । यस्तै मल्लरानी गाउँपालिकाको वडा नं १ मा पनि राष्ट्रिय जनमोर्चाका चिन्तबहादुर राहु मगर निर्वाचित भएका छन् ।








