भरतपुर महानगरपालिकामा रेनु र विजयकाे कडा प्रतिस्पर्धा
प्रकाशित मिति : 15 May, 2022 7:36 pm
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजयी सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
६ हजार १७७ मतगणना हुँदा एमालेका सुवेदीले आफ्नो मतान्तर घटाएका छन् । माओवादी केन्द्रकी रेनुले २,२१२ मत पाउँदा विजयले २,१८९ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर २३ मा झरेको छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी २४३६ मतका साथ अगाडि छन् भने राप्रपाकी हिमला गुरुङले १७६५ मत पाएकी छन् ।








