रोल्पा नगरपालिकामा माओवादी केन्द्र विजयी
प्रकाशित मिति : 16 May, 2022 7:00 am
उमा केसी–
रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजय भएको छ । नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उप प्रमुखमा गीता आचार्य विजयी भएका हुन् ।
नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले ७,६०३ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका शेरवहादुर थापाले ३,६५८मत प्राप्त गरेका छन् ।
नगर उप प्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदवार गीता आचार्यले ७,७४१ मत प्राप्त गरि विजयी भएका छिन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पुष्पा श्रेष्ठले ३,७१९ मत प्राप्त गरेकी छिन् ।
१० वटा वडा रहेको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रले ९ वटा वडा जितेको छ । नगरपालिकाको एउटा वडा भने नेपाली काँग्रेसले जितेको छ ।








