प्यूठानको ऐरावती गाउँपालिकामा कांग्रेसका शाह निर्वाचित
प्रकाशित मिति : 16 May, 2022 7:18 am
प्यूठान । प्यूठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
कांग्रेसका शाहले ४ हजार ६६९ मत पाए भने माओवादी केन्द्रका बस्नेतले २,६५० मत पाए । नेकपा एमालेका श्याम बहादुर थापाले १ हजार ५८६ मत मात्रै पाएका छन् ।
उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७२१ र नेकपा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।








