१७ बैशाख २०८१, सोमबार

स्वास्थ्यकर्मीलाई ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता

प्रकाशित मिति :  22 March, 2020 11:38 pm


काठमाडाैं, ९ चैत । 

सरकारले अत्यावश्यक सेवा अन्तर्गत पर्ने स्वास्थकर्मीलाइ अतिरिक्त प्राेत्साहन भत्ता उपलब्ध गराउने भएकाे छ । अाइतबार बसेकाे मन्त्रीपरिषद्काे वैठकले बैठकले स्वास्थ्यकर्मीहरुलाई प्रेरित गर्न प्रयोगशाला वा परिस्थितिअनुरुप स्वास्थ्य सेवाको ‘फ्रन्ट डेस्क’मा परिचालित हुने सबैलाई उत्प्रेरणास्वरुप ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हाे ।

सरकारले स्वास्थयकर्मीहरूकाे व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सबै उपकरणहरु उपलब्ध गराएर प्रोत्साहित गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय नाकाबाट कुनै सङ्क्रमित व्यक्ति फेला परेमा उनीहरुलाई उपचार केन्द्रमा पुर्याउनका निम्ति बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सहकार्य गर्ने निर्णय गरेको छ ।

कोही त्यस्तो सङ्क्रमित व्यक्ति भेटियो भने त्यो भाग्न, आलेटाले गर्न तथा आनाकानी गर्न नपाओस्, हुलहुज्जत नगरोस् भन्नका लागि सुरक्षा र स्वास्थ्यकर्मीसहितको टोलीले उपचार गर्ने ठाउँसम्म त्यो व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह, रक्षा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतको सहयोगमा पर्यटन मन्त्रालयको नेतृत्वमा सम्पूर्ण सुरक्षाकर्मीहरु समेतलाई परिचालन गरी सङ्घ, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन सेन्टरहरु राख्ने निर्णय गरेको छ । उक्त कार्यको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !