ताप्लेजुङको मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उनी दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भए । उनी २ हजार ५९८ मतसहित विजयी भए ।
यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा ( माओवादी केन्द्र)का राजन लिम्बू निर्वाचित भए । उनले २ हजार ६६० मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले २ हजार ३१२ मत प्राप्त गरे । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष थिए । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले २ हजार ३५८ मत प्राप्त गरे । रासस








