भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार सुवेदीकाे अग्रता
प्रकाशित मिति : 16 May, 2022 7:37 am
चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेद्वार रेनु दाहाल सुवेदीसँग १८ मतले पछि परेकी छन् ।
आज विहानसम्म भरतपुर महानगरको ९ हजार ३ सय ७० मत गन्दा सुवेदीले ३ हजार ३ सय २४ मत ल्याएका छन् भने दाहालको ३ हजार ३ सय ६ मत छ ।
यसअघि दाहालले १ र २ वडामा मत गन्दा सुवेदी पछि थिए । ३ नम्बर वडा गन्दा भने सुवेदीले अग्रता लिएका हुन् ।








