६ बैशाख २०८१, बिहिबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा, दुईवटा जहाज अवतरण

प्रकाशित मिति :  16 May, 2022 7:44 am


रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

उद्घाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज विमानस्थलमा अवतरण गरेका छन् ।

नेपाल वायुसेवा निगमको जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

निगमले काठमाडौंबाट व्यवसायिक उडान गरेको हो । जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट हुँदै नेपाल आएको हो ।



प्रतिक्रिया दिनुहोस !