९ पुस २०८२, बुधबार

कांग्रेस लुम्बिनीका सहमहामन्त्री खनालद्वारा राजीनामा

प्रकाशित मिति :  16 May, 2022 8:02 am


अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थान समेत गुमेको भन्दै खनालले राजीनामा दिएका हुन् ।

२०७४ सालको निर्वाचनमा जिल्ला सभापति समेत रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस !