९ पुस २०८२, बुधबार

रोल्पामा माओवादी केन्द्रले गंगादेव गाउँपालिका गुमायो, कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 9:23 am


उमा केसी –
रोल्पा । रोचक चुनावी प्रतिस्पर्धा रहेको गंगादेव गाउँपालिकामा अन्ततः नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा २,५४८ मतका साथ नेपाली काँग्रेसका हरिबहादुर पुनमगर विजयी भएका छन् । उनलाई २,४९९ मतका साथ नेकपा एमालेका रोशनकुमार वलीले पछ्याएका थिए ।

उपाध्यक्षमा नेपाली काँग्रेसका अमृता केसी वली २,९०९ मत प्राप्त गरि विजयी भएकी छिन । उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी निर्मला कुमारी वलीले २४४२ मत प्राप्त गरेकी छिन् ।

नेपाली काँग्रेसवाट गंगादेव गाउँपालिका वडा नं. १,२,४,५ र ७मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा अमृतवहादुर वली , वडा नं. २ मा अमरवहादुर थापा, वडा नं. ४ मा कृष्ण वली वडा नं. ५ माअमृत वुढा र वडा नंं ७मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।

वडा नंं ६ मा नेकपा एमालेका वीरवहादुर वली र वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका लोकमान वली विजयी भएका छन । सो वडाको वडा सदस्यहरुमा भने स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

२०७४ सालको स्थानीय चुनावमा गंगादेव गाउँपालिका माओवादी केन्द्रले जितेको थियो । अध्यक्षमा वीरबहादुर खत्री विजय भएका थिए र यसपटक पनि माओवादी केन्द्रले उनलाई नै दोहोराएको थियो । तर यसपटक भने माओवादी केन्द्र गंगादेवमा तेस्रो भएको छ ।



प्रतिक्रिया दिनुहोस !