पाल्पा पूर्वखोलामा एमाले विजयी
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।
एमाले अध्यक्षका उम्मेदवार थापाले ६ हजार ३९ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीले १ हजार २५७ मत पाएका छन् । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गरेका हुन् ।
उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले ५ हजार ८९४ मतसहित विजयी हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाए ।
पालिकाका छवटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ ।
वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हात पारेको थियो । रासस








