भीरकोट नगरपालिका वडा नम्बर ५ र ७ मा कांग्रेसको प्यानल विजयी
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ५ र ७ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर ५ मा कृष्ण बहादुर थापाको प्यानल नै विजय भएको छ । थापाले ८५८ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेले ६०८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
सदस्यमा दलित महिला सदस्य टिका माया एस के, खुला सदस्यमा शोषकान्त तिवारी, डम्मर प्रसाद अर्याल र महिला सदस्यमा मञ्जु थापा क्षेत्री निर्वाचित भएका छन् ।
यस्तै वडा नम्बर ७ मा कांग्रेसका तारा प्रसाद अर्यालको प्यानल नै विजय भएको छ । अर्यालले ६३१ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार पर्वत खम्चा मगरले ५०९ मत प्राप्त गरेका थिए ।
सदस्यमा दलित महिला सदस्य धनमाया विक, खुला सदस्य देवा प्रसाद अर्याल, पूर्ण बहादुर गुरुङ र महिला सदस्यमा हिरा गोदार निर्वाचित भएका छन् ।








