दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी
प्रकाशित मिति : 16 May, 2022 12:41 pm
दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भेषराज खत्रीले तीन हजार ३७८ मत प्राप्त गरे ।
उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसीले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी भए ।
निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सरस्वतीकुमारी घर्तीले तीन हजार २६५ मत प्राप्त गरिन् । आठ वडा रहेको बङ्गलाचुलीमा नेपाली कांग्रेसले चार र माओवादी केन्द्रले चार वडा यसअघि जितिसकेका छन् ।
कूल पन्ध्र हजार ९५३ मतदाता रहेको सो गाउँपालिकामा दश हजार ७३३ मत खसेको थियो ।








