७ बैशाख २०८१, शुक्रबार

अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 2:24 pm


रुकुम । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा ५ पाँचमा नेपाली काँग्रेसका उम्मेदावर समिरजंग मल्लको प्यानलै विजयी भएको हो ।

माओवादी केन्द्रका सुशील गौतम पराजित भएका छन् । यस अगाडि उक्त वडामा माओवादी केन्द्रले नै चुनाव जितेको थियो ।



प्रतिक्रिया दिनुहोस !