१३ बैशाख २०८१, बिहिबार

गुल्मीकाे छत्रकोट र सत्यवतीमा एमाले विजयी

प्रकाशित मिति :  16 May, 2022 2:34 pm


गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

एमालेको तर्फबाट रामप्रसाद पाण्डेले ६ हजार ५८६ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले ५ हजार ९४५ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मतसहित निर्वाचित हुँदा निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत ल्याए । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । पालिकाकाको छ वटा वडामध्ये वडा नम्बर १, २ र ५ कांग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले जितेको छ ।

यसैगरी सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पाँच हजार ६११ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै निरमाया पुन ६ हजार २२४ मतसहित विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याइन् । सत्यवतीका आठवटा वडामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !