१२ बैशाख २०८१, बुधबार

स्याङ्जाको भीरकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 3:19 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा कांग्रेस तर्फबाट अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

भीरकोट नगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोविन्द कुमार कर्मचारे नगरप्रमुख र भग्वती रेग्मीले नगर उपप्रमुखमा विजयी भएका हुन् ।

कर्मचारेले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतको अन्तरले पछि पार्दै कर्मचारेले ६५०४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी विश्वनाथ अर्यालले ५६६९ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी भगवती रेग्मीले विजयी भएकी छन् । रेग्मीले नेकपा एमालेकी सरस्वती अर्याललाई २२६९ मतको मतान्तरले पछाडि पार्दै विजयी भएकी छन् ।

उपप्रमुख उम्मेदवार रेग्मीले ७१९७ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेकी उम्मेदवार अर्यालले ४९२८ मत प्राप्त गरेकी छन् । भीरकोट नगरपालिकामा कांग्रेसले वडा नम्बर १,२, ३, ४, ५, ७, ८, ९ गरि ८ वटामा विजयी हासिल गरेको छ भने नेकपा एमालले वडा नम्बर ६ गरि एक वडा मात्र जीत हासिल गरेको छ । यो सँगै भीरकोटमा ४७ सिटमा ४६ सिट कांग्रेसले हासिल गरेको छ भने १ सिट नेकपा एमालेले हासिल गरेको छ ।

नगरपालिकामा १२११३ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !