८ बैशाख २०८१, शनिबार

रोल्पा परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी

प्रकाशित मिति :  16 May, 2022 2:59 pm


उमा केसी,

रोल्पा । रोल्पा परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकवहादुर वुढामगर (थमन) तीन हजार ३११ मत प्राप्त गरि विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका विश्वकुमार चन्दलेतीन हजार १३१ मत प्राप्त गरेका छन ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरि विजयी भएकी छिन । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सपना वुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छन् ।

सो गाउँपालिकोको वडा नंं १,२,४,५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडा नंं ३ र ६ मा नेपाली काँग्रेसले विजयी हासिल गरेका छन । सो गाउँपालिकामा काँग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !