१५ चैत्र २०८०, बिहिबार

नुवाकोटको तादीमा कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 6:16 pm


नुवाकोट । जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् ।

तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन । अध्यक्षमा निर्वाचित तामाङले तीन हजार २४१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का किरण रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सञ्जु प्याकुरेल विजयी भएका छन्। प्याकुरेलले तीन हजार ३९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याएका छन् । ।

वडाध्यक्षहरूमा वडा नं १ मा नेपाली कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रमा शेरमान तामाङ निर्वाचित हुनुभएको तदी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको अन्य ११ स्थानीय तहको मतगणना जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !