१६ चैत्र २०८०, शुक्रबार

कालीकोटमा स्वतन्त्र उम्मेदवार विजयी

प्रकाशित मिति :  16 May, 2022 6:46 pm


rpp

मान्मा । कालीकोटका नौ स्थानीय तहमध्ये दुईवटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ ।

दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवारले प्रमुख पदमा निर्वाचित भएका छन् । उनी खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्।

स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी हन्। उनले ७९७ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वनगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका गरे । पाण्डेले २३६६ मत पाए । उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का गणेशबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २५१५ ल्याएर विजय भएका हुन् ।

त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिणाम आएको तिलागुफा नगरपालिकामा कांग्रेसका शङ्करप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी भएका छन्।

उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चदाँराले २५४० मत ल्याएर पराजित गरेका हुन् । उपप्रमुखमा नेकपा (एमाले)का महेन्द्रबहादुर शाही २७५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याएका थिए । यस नगरपालिकामा कांग्रेस र एमालेको गठबन्धन रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !