१५ बैशाख २०८१, शनिबार

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

प्रकाशित मिति :  16 May, 2022 7:12 pm


अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता चन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले नेकपा एमालेका नेता दिपक पन्थीलाई पराजित गदै श्रेष्ठ विजयी भएका हुन् । उपाध्यक्षमा भने नेकपा एमालेका मनि पन्थि विजयी भएका छन् । पन्थीले ईन्दिरा भुसाललाई पराजित गनु भएको हो ।

२०७४ को निर्वाचनमा एकल रूपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले अहिले गठबन्धन बाट निकै प्रतिस्पर्धाका साथ निर्वाचन जितेको छ ।

२०७४ सालमा कांग्रेसले एकल रूपमा ६ वडामा विजयी हासिल गरेको थियो भने अहिले ३ वडामा मात्र विजयी हासिल गरेको छ । अन्य ६ स्थानमा नेकपा एमालेले विजयी हासिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !