१३ बैशाख २०८१, बिहिबार

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 7:17 pm


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसतर्फबाट अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

गल्याङ नगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार दिएका गुरु भट्टराई नगरप्रमुख र हेमा न्यौपाने नगरउपप्रमुखमा विजयी भएका हुन् । भट्टराईले नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका पारस गैह्रेलाई ६९९ मतको अन्तर पार्दै भट्टराईले ९ हजार ६२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेका पारस गैह्रेले ८ हजार ९२२ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरि नगारपालिकाको नगरउपप्रमुखमा हेमा न्यौपानेले विजयी गरेकी छन् । न्यौपानेले नेकपा एमाले तर्फबाट उम्मेदवार बनेकी देवी थापालाई ५५ मतको अन्तर पार्दै न्यौपानेले ९ हजार ११८ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेकी देवी थापाले ९ हजार ५५ ल्याएर पराजित भएकी छन् ।

गल्याङ नगरपालिकामा वडा नम्बर १, ३, ४, ६, ९ र १० गरि ६ वटा वडा नेपाली कांग्रेसले विजयी गरेको छ भने बाँकी वडा नम्बर २, ७, ८, र ११ नेकपा एमालेले र ५ माओवादी केन्द्रले विजयी गरेको छ ।यस पालिकामा १९ हजार ८८० जनाले मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !