७ बैशाख २०८१, शुक्रबार

रोल्पा सुनिलस्मृतिमा माओवादी केन्द्रका बुढाथोकी अध्यक्ष र थापा उपाध्यक्षमा विजयी

प्रकाशित मिति :  16 May, 2022 7:44 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा मिना थापा विजयी भएका छन् ।

नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीलाई पराजित गर्दै बुढाथोकी विजयी भएका हुन् । बुढाथोकीको ६ हजार ६२ मत आउँदा क्षेत्रको ३८९३ मत आयो । यस्तै थापाले कांग्रेसकी तेजकुमारी विष्टलाई पारजित गरेकी हुन् ।

सुनिलस्मृतिमा वडा नम्बर २ बाहेक सबै माओवादी केन्द्रले जितेको छ । वडा नम्बर २ मा स्वतन्त्रबाट नेत्र गिरी विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !