७ जेष्ठ २०८१, सोमबार

भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

प्रकाशित मिति :  16 May, 2022 11:08 pm


भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा ९माओवादी केन्द्र० की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी हुन् ।

नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरे ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाएकी छन्। रासस



प्रतिक्रिया दिनुहोस !