घोराही उपमहानगरपालिकामा नेकपा एमालेले पछि पार्यो सत्ता गठबन्धनलाई
प्रकाशित मिति : 17 May, 2022 7:22 am
दाङ । घोराही उपमहानगरपालिकामा नेकपा एमालेले गठबन्धनलाई पछि पारेको छ ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरीले नेकपा माओवादी केन्द्रका हेमराज शर्मालाई २०७९ मतले पछि पारेका छन् ।
पछिल्लो मत गणना अनुसार चौधरीले १४ हजार २ सय ५ मत ल्याउँदा शर्माले १२ हजार १ सय ३६ मत पाएका छन् । उपप्रमुखमा पनि एमालेको नै अग्रता छ ।
एमालेकी हुमा डिसीले १३ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका भूपबहादुर डाँगीले १३ हजार २ सय ९८ मत प्राप्त गरेका छन्।








