१४ बैशाख २०८१, शुक्रबार

हेटौंडा उपमहानगरपालिकामा राप्रपाको अग्रता

प्रकाशित मिति :  17 May, 2022 8:51 am


हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) अग्रता लिएको छ । २२ हजार ८५० मत गणना हुँदा (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले ८२६५ मत प्राप्त गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्।

लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन् । त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्। ​उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत पाउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत प्राप्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !