७ जेष्ठ २०८१, सोमबार

स्याङ्जाको आँधीखोला गाउँपालिकामा नेकपा एमाले विजयी

प्रकाशित मिति :  17 May, 2022 11:57 am


स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकामा नेकपा एमाले तर्फबाट अध्यक्षमा र उपाध्यक्षमा विजयी भएका छन् ।

आँधीखोला गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापा विजयी भएका हुन् । पौडेलले नेपाली कांग्रेस तर्फबाट उम्मेदवार बनेका प्रेमराज पौडेललाई ८२६ मतले अन्तर पार्दै पौडेलले ५ हजार १७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेस तर्फबाट प्रमुख पदमा उम्मेदवार प्रेमराज पौडेलले ४ हजार ३५१ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरि गाउँपालिकाको उपाध्यक्षमा सीता थापा विजयी भएका छन् । थापाले नेकपा एमाले (एकिकृत समाजवादी) की उम्मेदवारलाई ३ हजार ८१७ मतले अन्तर पार्दै थापाले ५ हजार २७३ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमाले एकिकृत समाजवादीबाट उपप्रमुख पदकी उम्मेदवारले ३ हजार ८१७ मत ल्यााएर परााजित भएकी छन् ।

६ वडा वडा रहेको गाउँपालिकाको वडा नं १, २ ४ र ५ गरी चारवटा वडामा नेकपा एमालेका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं ३ र ६ मा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । यस पालिकामा १० हजार ८२५ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि आँधिखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस !