९ पुस २०८२, बुधबार

चुनावमा पराजित भएपछि गाउँपालिका इन्चार्जबाट राजीनामा

प्रकाशित मिति :  17 May, 2022 12:34 pm


रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा पराजित भएपछि अध्यक्षका उम्मेदवार समेत रहेका वीरबहादुर खत्रीले गाउँपालिकाको इन्चार्ज पदबाट राजीनामा दिएका छन् ।

खत्रीले पार्टीलाई जिताउन नसकेकाले गाउँपालिका कमिटी इन्चार्जबाट राजीनामा दिएको बताएका छन् । गंगादेव गाउँपालिकामा यसअघि माओवादी केन्द्रले चुनाव जितेको थियो र खत्री नै अध्यक्ष नै निर्वाचित भएका थिए । यसपटक फेरि दोहोरिएर उम्मेदवार भएपनि पराजित भए ।

जिल्ला इन्चार्जलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“गंगादेव गाउँपालिका रोल्पामा माओवादी केन्द्रलाई जिताउन नसकेको कारण नैतिकताको आधारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँपालिका इन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएकोबारे जानकारी गर्दछु ।”

खत्री नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्ष समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !