स्याङ्जाको फेदीखोला गाउँपालिकामा नेकपा एमाले विजयी
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा नेकपा एमाले तर्फबाट अध्यक्षमा र उपाध्यक्षमा विजयी भएका छन् ।
फेदीखोला गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा लक्ष्मी प्रसाद बराल विजयी भएका हुन् । सुवेदीले नेपाली कांग्रेस तर्फबाट उम्मेदवार बनेका लक्ष्मी प्रसाद बराललाई १३२ मतले अन्तर पार्दै सुवेदीले ३ हजार ८३६मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेस तर्फबाट प्रमुख पदमा उम्मेदवार लक्ष्मी प्रसाद बरालले ३ हजार ७०४ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरि गाउँपालिकाको उपाध्यक्षमा देउकुमारी गुरुङ विजयी भएका छन् । गुरुङले नेकपा मओवादी केन्द्रकी उम्मेदवारलाई ५९९ मतले अन्तर पार्दै गुरुङले २ हजार ९७८ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र)बाट उपप्रमुख पदकी उम्मेदवार शिव बहादुर सुवेदीले २ हजार ३७९ मत ल्यााएर परााजित भएका छन् ।
पाँचवटा वडा रहेका गाउँपालिकाको वडा नं १, ३, ४ र ५ गरी चारवटा वडामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने वडा नं २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।
फेदीखोला गाउँपालिकामा १२ हजार १६५ जना मतदाता रहेकोमा ८ हजार १३९ जनाले मतदान गरेका थिए ।








