स्याङ्जाको विरुवा गाउँपालिकामा नेकपा एमाले विजयी
स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकामा नेकपा एमाले तर्फबाट अध्यक्षमा र उपाध्यक्षमा विजयी भएका छन् ।
विरुवा गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका अध्यक्षमा सूर्य बहादुर कुवर र उपाध्यक्षमा भगवती शर्मा विजयी भएका हुन् । कुवारले नेपाली कांग्रेस तर्फबाट उम्मेदवार बनेका डोलराज पोखरेललाई १२९ मतले अन्तर पार्दै कुवारले ४ हजार ८७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेस तर्फबाट प्रमुख पदमा उम्मेदवार डोलराज पोखरेलले ४ हजार ७४६ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरि गाउँपालिकाको उपाध्यक्षमा भगवती शर्मा विजयी भएकी छन् । शर्माले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार थम बहादुर गुरुङलाई १२७१ मतले अन्तर पार्दै शर्माले ४ हजार ९३७ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा (माओवादी) केन्द्र० बाट उपप्रमुख पदका उम्मेदवार थम बहादुर गुरुङले ३ हजार ६७६ मत ल्यााएर परााजित भएका छन् ।
आठवटा वडा रहेका गाउँपालिकाको तीन वटा वडामा नेकपा एमालेले, चार वटा वडामा नेपाली कांग्रेसले र एक वडामा नेकपा ९माओवादी केन्द्र० का अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।
विरुवा गाउँपालिकामा १६ हजार ५९९ जना मतदाता रहेकोमा १० हजार ४६० जनाले मतदान गरेका थिए।








