७ जेष्ठ २०८१, सोमबार

चुनावपछिको पहिलो कारोबारको दिन नेप्सेमा ८४ अंकको गिरावट

प्रकाशित मिति :  17 May, 2022 5:30 pm


काठमाडौं । चुनावपछिको पहिलो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा भारी गिरावट देखिएको छ । चुनाव भन्दा अगाडी सातामा ४ दिन लगातार बढेको सेयरबजार आज भने ८४ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सेन्सेटिभ परिसूचक पनि १४.२७ अंकले घटेर ४३९.६९ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले अग्रता कायम गरेको छ । संस्थाको ९ करोड ७९ लाख ९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ४.९६ प्रतिशतले बढेको छ ।

यस दिन ३ कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सुर्याेदय वोमी लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कूल २२१ वटा कम्पनीको ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !