स्याङ्जा अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा र उपाध्यक्षमा विजयी भएका छन् ।
अर्जुनचौपारी गाउँपालिकामा नेपाली कांंग्रेसका उम्मेदवार बनेका अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका हुन् ।
तिवारीले नेकपा एमाले तर्फबाट उम्मेदवार बनेकी चिनमाया गुरुङलाई २ हजार ७० मतले अन्तर पार्दै तिवारीले ५ हजार २३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमाले तर्फबाट प्रमुख पदमा उम्मेदवार चिनमाया गुरुङले ३ हजार १६४ मत ल्याएर पराजित भएकी छन् ।
त्यसैगरि गाउँपालिकाको उपाध्यक्षमा सपना गुरुङ विजयी भएकी छन् ।गुरुङले नेकपा एमालेका उम्मेदवारलाई १ हजार २०५ मतले अन्तर पार्दै गुङले ४ हजार ७८४ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार टंकप्रसाद खनालले ३ हजार ५७९ मत ल्यााएर परााजित भएका छन् ।
यस पालिकामा १३ हजार ८६७ जनाले मतदाता रहेका थिए ।








