११ बैशाख २०८१, मंगलबार

डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति :  17 May, 2022 5:43 pm


डोटी। डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयरमा कांग्रेसका बाजी सिंह खड्का र उपमेयरमा कलावती महर साउँद निर्वाचित भएका हुन ।

खड्काले ५ हजार १३८ मत ल्याएर विजयी भएका हुन । उनले नेकपा एमालेका लक्ष्मणबहादुर मलासीलाई १ हजार ६२३ मत अन्तरले पराजित गरेका हुन् । खड्काले ५ हजार १३८ मत ल्याउँदा मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा कांग्रेसकै कलावती महर साउँद विजयी भएकी छिन् । उनले एमालेकी रूपा कठायतलाइ हराएकी हुन । कलावतीले ४ हजार ७६८ मत पाँउदा रुपाले ४ हजार १२९ मत प्राप्त प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !