२३ बैशाख २०८१, आइतबार

नेकपा महासचिव विप्लवका माइला दाजु जयन्द्र बहादुर चन्द सहित चार जना पक्राउ

प्रकाशित मिति :  23 March, 2020 10:55 am


काठमाडाैं, १० चैत ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का माइला दाजु जयन्द्र बहादुर चन्द सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका चन्दलाई खेलकुदको बैठक बसिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै महासंघका महासचिव विनोद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल आरसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरी परिसरमा राखिएको छ ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुदजस्तो सम्मानित क्षेत्रमा योगदान दिइरहेको एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेकोमा घोर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका हुन् । यसअघि विप्लवका जेठा दाजु एवं पार्टी केन्द्रीय सदस्य, चन्द्रबहादुर चन्द ‘विरजंग’लाई गत असोजमा दाङबाट प्रहरीले पक्राउ गरेका थियो । उनलाई दाङ कारागारमा राखिएको छ  ।



प्रतिक्रिया दिनुहोस !