९ पुस २०८२, बुधबार

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालकाे फराकिलाे अग्रता

प्रकाशित मिति :  18 May, 2022 8:40 am


कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाएका छन् ।

हमालले १० हजार ८२५ मत पाएका छन्। गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।

हमाल र वडबीच मत अन्तर ५ हजार ६५९ पुगेको छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी ४ हजार ६८८ मतका साथ अगाडी छन् भने एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत प्राप्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !