६ पुस २०८२, आइतबार

धादिङ धुनिबेशी नगरपालिकामा सत्ता गठबन्धन विजयी

प्रकाशित मिति :  18 May, 2022 11:15 am


धादिङ । धादिङको धुनिबेशी नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन । सत्ता गठबन्धनकाका उम्मेदवारले धुनिबेशी नगरपालिकाका आठ वटा वडामा अध्यक्षपदमा समेत जीत हासिल गरेका छन् ।

मेयर पदमा गठबन्धनका समाजवादीका उम्मेदवार बालकृष्ण आचार्य विजयी भएका छन् । उनी पुनः मेयर पदमा विजयी भएका हुन् । अघिल्लो चुनावमा उनी नेकपा एमाले बाट उठेका थिए । उपमेयर पदमा भने नेपाली कांग्रेसकमा उम्मेदवार सुरज उप्रेती विजयी भएका छन् ।

आचार्यले आठ हजार सात सय ६ मत ल्याएका छन् भने उनको प्रतिस्पर्धी नेकपा एमालेका राजा राम पाण्डेले छ हजार पाँच सय ९२ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा गठबन्धनकै साझा उम्मेदवार कांग्रेसका उप्रेतीले आठ हजार तीन सय ८७ मत ल्याउदाँ उनको प्रतिस्पर्धी एमालेका मन्दिरा श्रेष्ठले छ हजार चार सय ७० मत प्रात गरेकी छिन् ।

धुनिबेशीको वडा नम्बर १ मा अध्यक्ष पदमा माओवादी केन्द्र बाट मानवहादुर तामाङ, वडा नम्बर २ मा एकीकृत समाजवादी बाट लक्ष्यजित तामाङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसका प्रकाश हमाल, वडा नम्बर ४ मा समाजवादीका हरि सुवेदी, वडा नम्बर ५ मा स्वतन्त्रबाट विशाल भट्टराई, वडा नम्बर ६ मा माओवादी केन्द्रका रमेश आचार्य, वडा नम्बर ७ मा नेपाली कांग्रेसका यदुनाथ पाठक, वडा नम्बर ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी र वडा नम्बर ९ मा नेपाली कांग्रेसका माधव प्रसाद सिलवाल विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !