हकप्रद सेयर जारी गर्न राधी विद्युत्ले सेबोनमा दियो निवेदन
प्रकाशित मिति : 18 May, 2022 12:32 pm
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँको १ः१४को अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्न वैशाख २८ गते सेबोनमा निवेदन दिएको हो । विद्युत नियमन आयोगले कम्पनीलाई यसअघि नै हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरिसकेको छ ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।








