६ पुस २०८२, आइतबार

आरटीजीएस प्रणालीमा थपिए ४ बैंक तथा वित्तीय संस्था

प्रकाशित मिति :  18 May, 2022 1:37 pm


काठमाडौ. । रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।

आरटीजीएस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज बुधबारदेखि नै यी ४ बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्ने राष्ट्र बैंकले जनाएको छ।

आरटीजीएस प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।



प्रतिक्रिया दिनुहोस !