६ पुस २०८२, आइतबार

स्याङ्जाको चापाकोट नगरपालिकामा अध्यक्षमा र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति :  18 May, 2022 2:59 pm


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा अध्यक्षमा र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

चापाकोट नगरपालिकामा नेपाली कांंग्रेसका उम्मेदवार बनेका अध्यक्षमा देवबहादुर खाँण र उपाध्यक्षमा इशा राना विजयी भएका हुन् ।

खाँणले ७ हजार ४९० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार राजु कोइरालाले ६ हजार ५५५ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरि नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसकी इशा राना विजयी भएकी छन् । इशा रानाले ७ हजार ४१३ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उपप्रमुख पदकी उम्मेदवार सृष्टि मल्लले ६ हजार ३७३ मत ल्यााएर परााजित भएकी छन् ।

१० वटा वडा रहेको नगरपालिकाको वडा नं ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली काँग्रस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !