४ जेष्ठ २०८१, शुक्रबार

२१ वर्षे वशिष्ट कुमार बने कालिकामाई गाउँपालिकाको अध्यक्ष

प्रकाशित मिति :  18 May, 2022 3:22 pm


काठमाडौं । २१ वर्षका युवा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी विजयी भएको छ ।

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका वशिष्ट कुमारले जित हात पारेका छन्। 

बशिष्टले ३ हजार ७४३ मत ल्याएर उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमारलाई पराजित गरेका थिए । कांग्रेसका अजयकुमारले ३ हजार ६२६ मत ल्याए। 

यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका थिए। माओवादीबाट उम्मेदवारी दिएका २२ वर्षीय युवक राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस !