२३ बैशाख २०८१, आइतबार

८ अंकले नेप्से बढ्दा हाइड्रोमा देखियो चमक

प्रकाशित मिति :  18 May, 2022 3:57 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयरबजार सामान्य अंकले बढेको छ ।

हिजो कारोबारको पहिलो दिन भारी अंकको गिरावट आएको बजारमा आज भने लगानीकर्ताले केही राहत महशुस गरेका छन् ।

बजारमा कारोबार सुरु भएदेखि उतारचढाव आएको बजारमा कारोबारको अन्तिम समयमा हरियाली छाएर बन्द भएको हो ।

अर्थमन्त्री जर्नादन शर्माले आगामी बजेटमा उर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिने घोषणा गरेसँगै हाइड्रोमा चमक आएको लगानीकर्ताहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.९० अंकले बढेर २२७४.४२ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.४१ अंकले बढेर ४४१.०९ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह बढेको छ ।

बुधबार कारोबार रकमा आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०२ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सूर्याेदय वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कूल २२७ वटा कम्पनीको ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !