७ बैशाख २०८१, शुक्रबार

घोराही उपमहानगरपालिकामा एमाले विजयी

प्रकाशित मिति :  19 May, 2022 8:47 am


दाङ । दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चौधरी निवर्तमान नगरप्रमुख हुन ।

उपप्रमुखमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी हुन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे ।

उन्नाइस वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६) प्रतिशत मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !