१३ बैशाख २०८१, बिहिबार

भरतपुरमा रेनु दाहाल ३०५७ मतले अगाडि

प्रकाशित मिति :  19 May, 2022 10:39 am


चितवन । भरतपुर महानगरपालिका गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै गएकी छिन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले ३,०५७ मतको अग्रता बनाएकी छन् ।

भरतपुरमा ३९,९६१ गणना हुँदा मेयरमा दाहालले १५,१३४ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६२५३ मत पाएका छन् ।

त्यस्तै गठबन्धनबाट काँग्रेसका उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारी पनि अग्रता बढाइरहेका छन् । उपमेयरमा अधिकारीले १७,५३५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ९७३२ मत पाएकी छन् ।

३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६२५३ मत पाएका छन् ।

उपमेयरमा अधिकारीले १७,५३५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले मात्र ९७३२ मत पाएकी छन् ।



प्रतिक्रिया दिनुहोस !