काठमाडौँ महानगरपालिका ११ हजार भन्दा बढि मतले अग्रता लिँदै बालेन शाह
प्रकाशित मिति : 19 May, 2022 1:04 pm
काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । नेकमा एमालेका उम्मेदवार केशव स्थापितलाई ११ हजार ७३ मतान्तरले पछि पार्दै बालेन शाहले अग्रता कायम राखेका छन् ।
केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले २२ हजार ८२४ मत प्राप्त गरेका छन् । त्यस्तै उनाई पछ्याइरहेका स्थापितले ११ हजार ७६९ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत प्राप्त प्राप्त गरेका छन् ।
एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन् ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।








