७ बैशाख २०८१, शुक्रबार

बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  19 May, 2022 3:43 pm


काठमाडौं । बुधबार हरियो देखिएको सेयरबजार साताको कारोबारको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.८८ अंकले घटेर ४३७.२१ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयरले अग्रता कायम गरेको छ । कम्पनीको १२ करोड ८१ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४५ प्रतिशतले बढेको छ ।

यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०८ प्रतिशतले घटेको छ ।

कूल २१९ वटा कम्पनीको ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !